(45 सेकेन्ड मा छोटो सारांश समाचारमा पढ्नुहोस्) बर्दियामा गुडिरहेको मोटरसाइकलबाट बाघले मान्छे समातेर खाएपछि Nepali latest News 2021
बर्दियामा गुडिरहेको मोटरसाइकलबाट बाघले मान्छे समातेर खाएपछि
सेनाको पोस्टदेखि ६ किलोमिटर पश्चिम राजमार्गको कुँवाभार भन्ने ठाउँनजिकै पुग्दा सन्तोषको गुडिरहेको मोटरसाइकलमा एक्कासी बाघले झम्टियो । मोटरसाइकलमा पछाडि बसेकी सन्तोषकी ५० वर्षीय आमा नन्दकला थापालाई बाघले गर्घनमा समातेर भुँइमा पछा-यो । अनि उनलाई घिसार्दै जंगलभित्र लग्यो । मोटरसाइकल लडेपछि सन्तोष घाइते भए ।
बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्यो । त्यतिन्जेल बाघले नन्दकलालाई निकुञ्जभित्र पु-याइसकेको थियो । निकुञ्ज कर्मचारी र सेनाको टोलीले रातभर खोजी ग-यो । तर, नन्दकला र बाघलाई सेनाको टोलीले फेला पार्न सकेन ।
शनिबार बिहानै हात्तीसहित निकुञ्ज कर्मचारी र सेनाको टोली फेरि खोजी कार्यमा जुट्यो । शनिबार बिहान करिब सवा ९ बजे बल्ल नन्दकलाको शव क्षतविक्षत अवस्थामा निकुञ्जभित्र फेला प-यो
Full Read On : https://bit.ly/3pMuJRg

Comments
Post a Comment