Skip to main content

Posts

Showing posts from January, 2021

(45 सेकेन्ड मा छोटो सारांश समाचारमा पढ्नुहोस्) पेस्तोल देखाएर काठमाडौँमै लुटपाटको प्रयास ( हामीले यो पढ्नु पर्छ)

  पेस्तोल देखाएर काठमाडौँमै लुटपाटको प्रयास काठमाडौँ– कोटेश्वरमा बिहानै पेस्तोल देखाएर लुकपाटको प्रयास भएको छ । बिहान साढे ६ बजेको समयमा कोटेश्वर चोकमा एक युवकलाई पेस्तोल देखाएर लुटपाटको प्रयास भएको प्रहरीले जनाएको छ । घटनामा संकलग्न भएको आशंकामा केही युवालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार राधेराधे बस्ने अनदाजी ३० वर्षका युवराज आलेमगरलाई पेस्तोल देखाएर लुट्न खोजिएको हो । उनीसँग मोबाइल माग्दा नदिएपछि समूहमा रहेका युवाले हप्काउँदै मोबाइल मागेका थिए । तर ती युवकले मावाइल नदिएपछि समूहमा रहेका एक जनाले पेस्तोल निकालेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। उनले प्रतिवाद गरेपछि हातबाट पेस्तोल खसेको र उनीहरु भागलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको विष्टले बताए । Read news here :  https://www.khabarhub.com/2021/03/232926/ For more Short news Follow on Facebook: https: //www.facebook.com/nepalifastbrowser and Twitter:  https://twitter.com/NepaliBrowser

(45 सेकेन्ड मा छोटो सारांश समाचारमा पढ्नुहोस्) बर्दियामा गुडिरहेको मोटरसाइकलबाट बाघले मान्छे समातेर खाएपछि Nepali latest News 2021

  बर्दियामा गुडिरहेको मोटरसाइकलबाट बाघले मान्छे   समातेर खाएपछि  बर्दिया |  कैलाली लम्कीचुहा नगरपालिका–४ का सन्तोष थापा लाई  नेपालगन्जबाट उपचार गराएर घर फर्कंदै  समय मा साँझ करिब साढे ८ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने सेनाको अम्रेनी पोस्ट पुगे |   साँझ परेकाले उनलाई सुरक्षित भएर जान भन्दै सेना र निकुञ्जका कर्मचारीले ठूला दुई ओटा सवारीसाधनको बीचमा रहेर जान सल्लाह दिए । सोहीअनुसार सन्तोष अघि बढे । सेनाको पोस्टदेखि ६ किलोमिटर पश्चिम राजमार्गको कुँवाभार भन्ने ठाउँनजिकै पुग्दा सन्तोषको गुडिरहेको मोटरसाइकलमा एक्कासी बाघले झम्टियो । मोटरसाइकलमा पछाडि बसेकी सन्तोषकी ५० वर्षीय आमा नन्दकला थापालाई बाघले गर्घनमा समातेर भुँइमा पछा-यो । अनि उनलाई घिसार्दै जंगलभित्र लग्यो । मोटरसाइकल लडेपछि सन्तोष घाइते भए । बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोली घटनास्थल पुग्यो । त्यतिन्जेल बाघले नन्दकलालाई निकुञ्जभित्र पु-याइसकेको थियो । निकुञ्ज कर्मचारी र सेनाको टोलीले रातभर खोजी ग-यो ...